परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल धेरै पछि पर्ने छ : प्रदीप ज्ञवाली 

आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका २० वर्षमा विश्वमा धेरै परिवर्तन भएको बताएका छन् । नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन्। ‘हामीले आफूलाई अपडेट गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ’, उनले भने । नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए । त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए । नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको लडाई भएको ज्ञवालीले बताए । अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनको धारणा छ । ‘अब यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ’, उनले भने। अहिले सामाजिक सञ्जाल मार्फत सूचना भन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने गरेको बताए । ‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भने । विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनको धारणा छ । यस्ता समस्याको समाधान भनेको वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको बताए । दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने उनले बताए । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौँ भनेर आएको  उनको भनाइ छ । ‘के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन’, उनले भने ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार