सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी 

आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । साताको  पहिलो  कारोवार  दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ ।  यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार