जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

आइतबार, माघ २०, २०८१
मयुर प्लाई
Global Ime Bank

महोत्तर ।  महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् । महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए । उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए । मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए । उनलाई प्रहरीले  २०८० को  जेठ २८ गते प्रकाउ  गरेको  थियो । यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए । उनी २०८३  असार २७ गते कैद मुक्त हुने भनिएकोमा उनको आज मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार