सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी गराउँदै टाइसिट पनि ड्र गरिएको थियो । १७ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह बीमा ५ टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम रहेका छन् । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए । नगरपालिकाभित्रका विद्यालयहरुमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्व खेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए । यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरु सधैं तयार रहेको प्रतिवद्धता जनाए ।
१७ वटा टिमको समूह विभाजन यस प्रकार छ ।
समूह ए मा इन्द्रेणी स्कुल, टिका भैरव बोर्डिङ स्कुल, एभरेष्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल । समूह बी मा नेवा स्कुल, बशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल । समूह सी मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल । समूह डी मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ रहेका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् । त्यस्तै प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए । प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुने छ ।