जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का

ललितपुर महानगरपालिका वडा नंं. २३ का वडासचिव
सोमबार, माघ २१, २०८१
मयुर प्लाई
Global Ime Bank

धापाखेल (ललितपुर) ।  शब्दपाटी डिजिटल मिडियाले स्थानीय सरकारलाई बलियो बनाउन स्थानीय तहमा भएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । यसका लागि हामीले नगरपालिका–गाउँपालिकाका प्रमुख–उप्रमुख/अध्यक्ष–उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, वडाअध्यक्ष तथा वडासदस्यसहित वडासचिवसँगको कुराकानी निरन्तर प्रस्तुत गरिरहेका छौँ । जनप्रतिनिधिसँग शब्दपाटीको यो श्रृँङ्खलामा यस पटक हामीले ललितपुर महानगरपालिका वडा नंं. २३ का वडासचिव महेन्द्रकुमार खड्कासँग कुराकानी गरेका छौं । कुराकानीका क्रममा वडासचिव खड्काले स्थानीय सरकारको सबैभन्दा तल्लो निकाय वडाले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको बताउँदै जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधि र वडाका कर्मचारी क्रियाशील रहेको उल्लेख गर्नु भयो । जनताका हरेक व्यक्तिगत घटना दर्ता तथा टोल टोलमा हुने पूर्वाधारका कामहरु लेखाजोखा गरी सिफारिश गर्ने काम वडासचिव भएका नाताले आफूले गरिरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार