यस्तो छ आजको मौसम 

सोमबार, माघ २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार