शिक्षक दम्पतीले विद्यालयमा बनाइदिए सरस्वती मन्दिर 

सोमबार, माघ २१, २०८१
मयुर प्लाई
Global Ime Bank

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन् ।Sarswoti-Temple-in-school-1738560542.jpeg
सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन् । द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन् । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रम नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अधिकारको कुरा गर्दा नागरिकले यसै गरी आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल चाँडै समृद्ध बन्ने बताए । चाह्यो भने परिवर्तन सम्भव भएको बताउँदै श्रेष्ठले यसका लागि सबै सकारात्मक सोच र व्यवहारका साथ अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्कीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता थियो ।Sarswoti-mata-1738560541.jpeg
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार