खैरो हिरोईन सहित एक जना पक्राउ

सोमबार, माघ २१, २०८१
मयुर प्लाई
Global Ime Bank

रौतहट । रौतहटको चन्द्रपुरबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर वडा न ४ बाट बर्ष ३१ को सागर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भै रहेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।   

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार