चन्द्रागिरिमा मोटरसाइकल र गाडी ठोक्किँदा एक जनाको मृत्यु

मंगलबार, माघ २२, २०८१
मयुर प्लाई
Global Ime Bank

 काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मत्यु हुनेमा बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठ छन् । उनी सवार मोटरसाइकल र बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार