एथलेटिक्सको १ सय मिटर दौडमा मुकेश र विनालाई स्वर्ण

बुधबार, माघ २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्र्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष र विना महिलामा पहिलो भए । पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टीयूका प्रकाश जोशी तेश्रो भए । विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण  जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेश्रो भए । गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे । यो प्रतिस्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे । एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार