सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (सोम) टि. यु. को आयोजनामा दोस्रो सोम. टि. यु सामाजिक व्यवसाय प्रदर्शनी २०२५ यही माघ २५ गते (फेब्रुअरी ७, २०२५) शुक्रबार कीर्तिपुर स्थित स्कूल अफ म्यानेजमेन्ट (सोम. टि. यु ). क्याम्पसमा आयोजना हुँदैछ । । ‘दिगोपनको यात्रा नारासहित आयोजना गरिने यस कार्यक्रमले सामाजिक व्यवसाय प्रवर्द्धन, उद्यमशीलता र दिगो व्यापारको सम्भावनालाई उजागर गर्नेउद्देश्य राखेको छ।प्रदर्शनीमा २५ भन्दा बढी स्टलहरू रहने छन् । जसमा हस्तकला, वातावरणमैत्री उत्पादन, जैविक कृषि, पुनर्चक्रण, नवप्रवर्तनमूलक प्रविधि, सूचनाप्रविधि, तथा सामाजिक व्यवसाय प्रवर्द्धन गर्ने विभिन्न उद्यमहरू समेटिने छन् । यस व्यवसाय प्रदर्शनीमा व्यवसायी, नवउद्यमी, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधिहरू, मिडियाकर्मी तथा सामाजिक प्रभावशाली व्यक्तित्वहरू सहभागी हुनेछन् । साथै, कार्यशाला, प्यानल छलफल, नेटवर्किङ, व्यवसाय प्रवर्द्धन तथा नवीनतम सामाजिक व्यवसाय अवधारणाहरूमा छलफल गरिने छ । सहभागी व्यवसायहरूमा रिकृति, कास्याज्वेलरी, फूलप्रसाद, क्रोशेक्रियशन्स, सिस्टर्स क्रिएशन, आनुग्रह हस्तकला, समाह ज्वेलरी, भांग्रो, दीगो नेपाल, विन्टर ग्रीनटी, लछी, भूमिथान, मानुषी नेपाललगायतका स्थानीय उद्यमीहरू रहनेछन् । यस प्रदर्शनीको मुख्य आयोजक स्कूल अफ म्यानेजमेन्ट (सोम. टि. यु) का एम बिए २३औं ब्याचका विद्यार्थीहरू हुन् । आयोजकका अनुसार यो कार्यक्रम स्थानीय स्तरका दिगोव्यवसायलाई प्रवर्द्धन गर्ने र उद्यमशीलता विकास गर्ने उत्कृष्ट मञ्च हुनेछ ।सहभागिताका लागि सबैलाई खुला निमन्त्रणा दिइएको छ । यस व्यवसाय प्रदर्शनीमा सहभागी हुन इच्छुक जोसुकैले माघ २५ गते बिहान १० बजेपछि SOMTU क्याम्पस, कीर्तिपुरमा उपस्थित हुन सक्ने छन् ।