इकुहिटी पाटी र नारदेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न 

बुधबार, माघ २३, २०८१
मयुर प्लाई

ललितपुर । ललितपुर महानगर वडा नं ४ मा रहेको इकुहिटी फल्चा र फल्चासँगै नजिकै रहेको नारदेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । धोबीघाट हिरण्यपीठमा उक्त मन्दिर र पाटीको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । नगर प्रमुख महर्जनले विगतमा थुप्रै पोखरी, पाटीपैवा, मठ मन्दिर  मासिएको बताउँदै नगर प्रमुख भएपछि यी सम्पदालाई मासिनबाट जोगाएको बताए । उनले भने, ‘हामीले संरक्षणमा नगर्ने हो भने, यी सम्पत्ति हाम्रा सन्तानले हेर्न पाउँदैनन् ।’ आफु नगरप्रमुख भएपछि सार्वजनिक जग्गा कसैलाई नदिएको बताउँदै मासिएको जग्गा फिर्ता ल्याउन प्रयास भइरहेको बताए । वडा नंं ४मा विकासका थुप्रै गतिविधि भएको बताउँदै उनले मन्दिरसँगैको चौरलाई बगैँचा बनाउन समेत महानगरले लगानी गर्ने बताए । वडा नं ४का अध्यक्ष सन्तोष खड्काले ललितपुर महानगरको वडा नं।४मा थुप्रै सम्पदा रहेको बताउँदै महानगरका प्रसिद्ध सम्पदामध्ये ४÷५ वटा त वडा नं ४मा नै रहेको बताए । नख्खुमा १६ खुट्टेपाटी, चिडियाखानाभित्र गुप्तेश्वर भीमसेन मन्दिर, भनिमण्डलमा पाटीको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको बताए । सम्पदा र सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीयको भूमिका र दायित्व महत्वपूर्ण हुने धारणा राखे । अपवादबाहेक वडा ४मा सम्पदा संरक्षणको काम सम्पन्न भएको बताए । पहिला पहिला वडा नं।४को बजेट काम हुन नसकेर फर्कर्ने गरेको बताउँदै अहिले समयले काम सम्पन्न भएर थप योजनाको माग हुने जानकारी गराए । वडा सदस्य सुनिल कुमार राणाले महानगरको वडा४ सम्पदा नै सम्पदाको वडा भएको बताए । सम्पदा संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो । उपभोक्ता समितिका अध्यक्ष विष्णु गोविन्द थापा मगरले पाटीसँगैको चौरलाई बगैँचा बनाउन अनुरोध गरे । वडा र  महानगरले बनाएको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीयको दायित्व भएको बताए । नारदेश्वर महादेव मन्दिरसँग सरस्वतीको मन्दिर पनि रहेको छ । सरस्वती र महादेव मन्दिर रहेको क्षेत्रलाई हिरण्य पीठ भन्ने गरिएको छ । यस स्थानमा परापूर्वकालमा सरस्वती माताले वरदान प्राप्तिका लागि स्वस्थानी माताको तपस्या गर्न बस्नु भएको भन्ने किम्बदन्ती छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार