आफ्नै कमि कमजोरी ढाक छोप गर्छौं भने हामी कहिले सुध्रिन सक्दैनौं : सञ्चार मन्त्री गुरुङ

बुधबार, माघ २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन् ।   बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन् ।  उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भईरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन सक्दैनौं । किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमि कमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिले सुध्रिन सक्दैनांै । गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन ।’ यसको साथै, उनले केन्द्रीय च्यासलले अभियान नल्याइकन तलको जनसंगठन कुनै चल्दै नचल्ने भएको पनि गुनासो गरेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार