सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र जापानका राजदूत माइडा तोरुबीच भेटवार्ता भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आफ्नो कार्यकक्षमा जापानका राजदूत माइडा तोरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । राजदूत माइडा बिहीबार अपराह्न पुल्चोकस्थित महानगर कार्यालयमा पुगेका थिए । नेपाल र जापानबीचको सम्बन्ध स्थापित भएको अर्को वर्ष ७० वर्ष पुग्ने बताउँदै यो समयमा कार्यगत एकता गरेर अघि बढ्ने बताए । दुई देशबीचको मित्रताको वर्ष गाँठको अवसर र नेपाल र नेपालीको हितका लागि सहकार्य गर्न खुशीको विषय भएको प्रष्ट पारे । नगर प्रमख र राजदुतबीचको भेटघाटमा द’तावासका प्रथम सेक्रेटरी ताकेदा तकाको पनि उपस्थित थिए । महानगर महर्जनले २०७२ सालको भूकम्पमा भत्केका सम्पदा पुनर्निर्माणका लागि जापान सरकारले सहयोग गरेकोमा धन्यवाद दिए । जापान सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट पाटन दरबार क्षेत्रमा रहेको देग’ तलेज’ मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘ अब हामी छिट्टै यो मन्दिरको भव्य कार्यक्रम गरेर उद्घाटन गर्छौ ।’ सम्पदा पुनर्निमाण लगायतको ललितपुरको विकासको लागि जापान सरकार र जापानी जनतालाई नगर प्रमुख महर्जनले धन्यवाद दिए । उनले भने, ‘ हाम्रो धन्यवाद महामहिम राजदूत मार्फत जापान सरकार र जापानी जनतालाई पठाउँछौं । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र महानगरका सल्लाहकार डा. रोहित रञजितकार उपस्थित थिए ।