गाईभैँसीलाई ब्याङकेट ! (भिडियो)

शुक्रबार, माघ २५, २०८१
मयुर प्लाई

ललितपुर । यो दृश्य देख्दा तपाईंलाई लाग्न सक्छ, कुन ठाउँमा होला यसरी  गाईभैँसीलाई ब्याङकेट ओढाएर राखिएको भनेर । हो, ललितपुरस्थित स्नेहाज केयरमा बसेका गाईभैंसी अहिले ब्याङकेट ओढेर जाडो छलिरहेका छन् । स्नेहाज केयरले सडकमा वेवारिसे अवस्थामा रहेका सामुदायिक कुकुर, गाईभैंसी लगायतलाई संरक्षण दिदैं आएको छ । स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जाडोबाट जोगाउन गाईभैंसी, कुकुरलाई ब्याङकेट ओडाएर राखेको बताइन् । धेरै चिसो बढेको बेलामा त जनावरलाई तातो होस् भनेर हिटर समेत बालिन्छ । त्यसैगरी चिसोबाट जोगाउन स्नेहाज केयरमा भुईँमा म्याट पनि ओछ्याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार