सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

शुक्रबार, माघ २५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार