सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्नेहाज केयरले चितवन राष्ट्रिय निकुञ्जको जंगली हात्ती मकुनाको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आत्मरक्षाको क्रममा मकुनाको मृत्यु भएको भनिएता पनि यो घटनामा धेरै शंकास्पद विषयहरु रहेकोले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्नका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै भनेकी छन् । स्नेहाज केयर नियतवश घटाइएको उक्त घटनाको घोर भन्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । मानव वन्यजन्तु द्धन्द्धको मूख्य कारक हामी मानिसहरु नै रहेको र वन्यजन्तुको प्राकृतिक वासस्थान मानिसले नै विनाश गरिदिएकाले वन्यजन्तुहरु मानव वस्तीमा पस्नु परेको तितो यथार्थको हामी आफैं साक्षी हौं । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जनताहरुको सुरक्षा र वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्तिको जिम्मा राज्यले लिनुपर्दछ भन्ने कुरामा विश्वास राख्दछौं । स्नेहा श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण क्षेत्रबाट प्राप्त हुने राजश्वको हिस्सा प्रभावितहरुको सुरक्षा र वन्यजन्तुको संरक्षणमा प्रयोग गर्नुपर्ने विषय हामीले जिम्मेवार सरकार र निकुञ्ज प्रशासनलाई सम्झाई रहनु नपर्ला । वन्यजन्तुको संरक्षणको लागि भनेरा स्थापना गरिएको राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको व्यवस्थापनको नाममा नियतवश गोली प्रहार गरी मकुनाको हत्या गरिनु निकै दुःखद कुरा हो । भोलिका दिमा आत्मरक्षाको नाममा स्थापित यस्तै नजिरहरुले अन्य जिवजन्तुहरुको सुरक्षामा समेत गम्भीर प्रश्न गम्भिर प्रश्नचिह्न खडा गरेको छ ।'
विज्ञप्तिमा भनिएको छ, 'यस घटनाको चित्तबुझ्दो जवाफ निकुञ्ज प्रशासन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिन नसक्ने निश्चितप्राय छ । यो घटनालाई एउटा जंगली हात्तीको मृत्युसँग मात्रै जोडेर हेर्ने हो भने यो अन्याया हुन आउँछ । यस घटनाले वन्यजन्तु संरक्षणका लागि जिम्मेवार निकाय तथा संस्थाको नियतमाथि नै प्रश्नचिह्न खडा गरेको छ । मकुनाको सन्दर्भमा सौराहा क्षेत्रमा हात्ती पालन गर्नेहरु उसलाई जंगलबाट बस्तीसम्म आउने वातावरण बनाउन जिम्मेवार छन् । यस हिसाबले जंगली हात्तीलाई वस्तीसम्म आमन्त्रित गर्न स्थानीयहरु समेत जिम्मेवार रहेको र जिम्मेवार निकायसँग मकुनाको सम्पूर्ण विवरण र उसको मुभमेन्टको सम्पूर्ण जानकारी हुँदा हुँदै तथा मानवीय ढंगले उसलाई बेहोस गरी जंगलमा छाड्ने विकल्प हुँदा हुँदै पनि मार्ने नियतले नै गोली चलाउनु निकै दुखद र गैह्रजिम्मेवारपूर्ण व्यवहार भएको हाम्रो बुझाई रहेको छ । अतः वन्यजन्तु व्यवस्थापनका सन्दर्भमा भावी दिनमा यस्ता गैह्रजिम्मेवार घटना दोहोरिन नदिन तथा यस घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्नका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।'