काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत हरिसिद्धिका ज्येष्ठ नागरिकलाई सम्मान (भिडियो)

आइतबार, माघ २७, २०८१
मयुर प्लाई

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नं २८ इकाई कार्य समितिद्धारा पार्टीले सुरु गरेको १०० दिने विशेष अभियान अन्तर्गत शनिबार ज्येष्ठ नागरिक सम्मान तथा क्रियाशील कार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्र थापा, प्रदेश ३ क का सभापति तथा वडाअध्यक्ष बीरेन्द्र महर्जन, महानगर सभापति शुभानन्द धाख्वासहितका इकाई, प्रदेश, तथा जिल्ला तहका नेताहरू सहभागी भएका थिए । त्यसक्रममा जंकु गरिसकेका करिब ८० जना ज्येष्ठ नागरिकलाई पानी तताउने कित्ली प्रदान गरिएको थियो । काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले ज्येष्ठ नागरिकलाई कित्ली प्रदान गर्नुका साथै क्रियाशी सदस्यता कार्ड वितरण गर्नु भएको थियो । इकाई सभापति श्रीराम महर्जनको अध्यक्षतामा आयोजित ज्येष्ठ नागरिकलाई सम्मान तथा क्रियाशील सदस्यता कार्ड वितरण गरिएको हो ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार