सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । धापाखेल नागदह प्रवेशद्धरसँगैको तीनकुने पोखरीमा स्थापना गरिएको सत्य नारायणको मन्दिरमा आज गजुर राखिएको छ । तीनकुने पोखरीमा बनाइएको सत्य नारायणको मन्दिरमा गजुर राख्न वडाअध्यक्ष दिनेश जंग पाण्डेले पूजा अर्चना गर्नु भयो । वडा कार्यालयले गत वर्ष तीनकुने पोखरीमा सत्य नारायणका मन्दिर स्थापना गरेको थियाे । तीनकुने पोखरीमा सत्य नारायणको मून्दिर बनेपछि यो पोखरी पनि धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित भएको छ । यो पोखरी नजिकै प्रसिद्ध धार्मिक स्थल नागदह (बासुकी नागराजको वासस्थान), सन्तानेश्वर महादेव मन्दिर तथा बज्रबाराही माता रहेकोले यो क्षेत्र अब धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको हाे । नवनिर्मित वडा कार्यालय भवन पूर्वपट्टी रहेको नागदह प्रवेशद्धरसँगैको तीनकुने पोखरीलाई संरक्षण गरी यहाँ सत्य नारायणको मन्दिर स्थापना गरिएको हो ।