सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठाएका छन् । ‘आजकल टिकटकरहरूसँग अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु भएको छ । म सम्झाउन चाहन्छु– नयाँ सरकार बनेको महिनौं भइसक्यो तर, मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न भनेका हुन् । ‘पारदर्शिता र जवाफदेहिताको नारा घन्काउनेहरू किन मौन छन ?’ उनको प्रश्न छ, ‘सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने सोच राखेको छ ?’ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने उनको आशंका छ । ‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खुल्ने आशा के गर्नु ?’ उनको प्रश्न छ । तत्काल मन्त्रीहरूको विवरण सार्वजनिक गर्न उनको माग छ । ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्,’ उनको माग छ । सांसद शाहले भ्रष्टाचारका साना र ठूला सबै प्रकरणको अनुसन्धान गर्ने गरी छुट्टै्र आयोग बनाउन सरकारसँग माग गरे ।