सुनचाँदीको मूल्य बढ्यो 

बिहीबार, फागुन १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।  यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार