चीनको लालटिन पर्वमा नेपाली

बिहीबार, फागुन १, २०८१
मयुर प्लाई
Global Ime Bank

एजेन्सी । चीनमा जारी नवौं एसियाली शीतकालीन खेलकुदको अवसरमा उत्तरपूर्वी हेइ–लोङ–जियाङ प्रान्तको सबैभन्दा ठूलो स्की रिसोर्ट याबुलीमा नेपाली खेलाडी स्थानीय परिकार र सांस्कृतिक परम्परामा रमाउँदै लालटिन महोत्सव मनाएका छन् । फेब्रअरी १२ तारिखमा हेइ–लोङ–जियाङ स्टेशनको संयोजकत्वमा ‘लालटिन पर्व मनाऔँ’ शीर्षकको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गतिविधि गरिएको थियो । एशियाका विभिन्न मुलुक र क्षेत्रका खेलाडी, प्रतिनिधि मण्डलका सदस्य बरफ शहरमा भेला चिनियाँ परम्परागत लालटिन पर्व मनाएका हुन् । छेवाङ मिङमार तामाङले पहिलो पटक उत्तरपूर्वी चीनमा सिग्नेचर डिशको स्वाद लिएको सुनाए । स्थानीय रैथाने परिकारको स्वाद लिंदा आफू मोहित भएको बताए । चिनियाँ चन्द्र पात्रोको पहिलो महिनाको १५ औं दिनमा मनाइने लालटेन महोत्सव यस वर्ष फेब्रुअरी १२ मा परेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार