रोल्पामा जिप दुर्घटना, २ जना घाइते

बिहीबार, फागुन १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार