सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ। शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल भएको छ । शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो । छलफलमा पूर्वसञ्चारमन्त्री रेखा शर्माले प्रतिष्ठानहरुमा नियुक्ति गर्दा सोच विचार गरेर पछिल्लो समय बिग्रिरहेको राजनीतिलाई पनि ट्रयाकमा ल्याउने खालको व्यक्तिलाई गर्नुपर्ने बताइन् । साथै पदपूर्ति समिति बनाउँदै गर्दा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने उनको भनाई छ । उनले भनिन्,‘यस्तो नियुक्तिमा अलि बढी व्यवसायिक हुनुपर्यो । काम गर्नसक्ने मान्छे ल्याउनुपर्यो । पछिल्लो समय हाम्रो राजनीति बिग्रिरहेको छ, त्यसलाई पनि ट्रयाकमा ल्याउन सक्ने व्यक्तिले अवसर पाउनुपर्छ । त्यही खालको पदपूर्ति समिति हुनुपर्छ । यसमा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्छ । कस्तो खालको पदपूर्ति समिति बनाउन ठिक हुन्छ भन्ने सोच्नुपर्छ । त्यसले राजनीतिक विकृति पनि रोक्न सकोस् ।’ त्यस्तै रास्वाकी सांसद तोसिमा कार्कीले नेपालका विश्वविद्यालयहरु भर्ती केन्द्र र नियुक्तिको भागबण्डाका अण्डा जस्तो मात्र भएको टिप्पणी गरिन् । उनले भनिन्,‘नेपालका युनिभर्सिटीहरु खाली भर्ति केन्द्र जस्तो मात्र हुने, नियुक्तिको भागबण्डा मात्र हुने गरेका छन् । विद्यार्थीहरुलाई थेसिस र अनुसन्धान गराउने तर सरकारले त्यसलाई कहिँपनि अनुमोदन नगरिदिने र उपयोग पनि गर्न नसकेको अवस्था छ ।’