वीरगञ्जमा नयाँ खानेपानी पाईपलाईन विस्तारको काम सुरु 

शनिबार, फागुन ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गतदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी, जगरनाथपुर सडक (५ किमी) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तारको काम सुरु गरिएको छ ।
नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाले रु २ करोड  ५० लाखको लगानीमा शुक्रबारबाट उक्त परियोजनाको काम सुरु गरेको खानेपानीमन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ । पर्सा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गर्ने उदेश्यका साथ उक्त परियोजना सुरु गरिएको बताइएको छ । उक्त परियोजना सम्पन्न भएपश्चात त्यहाँका नागरिकले घरैमा शुद्ध खानेपानी प्रयोग गर्न पाउने अपेक्षा लिइएको छ । गत पुस १९ गते मन्त्री यादवले एक कार्यक्रमकाबीच उक्त परियोजनाको शिलान्यास गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार