बन्धकहरू रिहा हुनेक्रम जारी, सम्झौता कार्यान्वयन भएकोमा खुशी

आइतबार, फागुन ४, २०८१
मयुर प्लाई
Global Ime Bank

एजेन्सी । प्यालेस्टिनी लडाकु समूहहरूले शनिबार गाजामा राखिएका थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । तर त्यसको बदलामा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरुको मुक्त गरेका छन् । रिहा गरिएका इजरायली बन्धकहरू २९ वर्षीय इजरायली र रूसी नागरिक अलेक्जेन्डर साशा ट्रोफानोभ, ३६ वर्षीय इजरायली–अमेरिकी नागरिक सागुई डेकेल चेन र ४६ वर्षीय इजरायली–अमेरिकी नागरिक इयर होन रहेका छन् । उनीहरु सन् २०२३ अक्टोबरमा हमास नेतृत्वको हमलामा दक्षिण इजरायलबाट अपहरणमा परेका हुन् । ट्रोफानोभलाई उनकी आमा, हजुरआमा र पार्टनरका साथ अपहरण गरिएको थियो । र तीनै जना महिलाहरुलाई सन् २०२३ को नोभेम्बरमा भएको अघिल्लो बन्धक सम्झौतामा रिहा गरिएको थियो । उनका पिता अपहरण गरिएको दिन मारिएका थिए । शनिबार रिहा भएका प्यालेस्टाइनीमध्ये ३६ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए र अक्टोबर ७ मा भएको हमलापछि इजरायलले गाजा पट्टीबाट पक्राउ गरेका ३३३ जना बन्दी थिए ।

Photo-(1)-(97)-1739712300.jpg
हमासले सुरुमा इजरायलले सम्झौताको उल्लङ्घन गरेको भन्दै निर्धारित बन्धक रिहाइमा ढिलाइ गर्ने योजना बनाएको थियो। जवाफमा इजरायलले शनिबार दिउँसोसम्म बन्धकहरूलाई रिहा नगरे गाजामा फेरि आक्रमण गर्ने धम्की दिएको छ । बिहीबार, हमासले इजिप्ट र कतारी अधिकारीहरूसँगको वार्तापछि थप बन्धकहरूलाई रिहा गर्न अगाडि बढ्ने बताएको थियो। समूहले भन्यो कि मध्यस्थहरूले इजरायलले गाजामा थप पाल, चिकित्सा आपूर्ति र अन्य अत्यावश्यक वस्तुहरू अनुमति दिने सुनिश्चित गर्न ‘सबै अवरोधहरू हटाउन’ वाचा गरेका थिए ।
गाजाबाट हालसम्म १९ इजरायली बन्धक र पाँच थाईलाई रिहा गरिएको छ भने इजरायली अधिकारीहरूले १,००० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेका छन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भने कि हमासले पछि हटेको छ र बन्धक रिहाई जारी राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि गाजामा बन्धकहरूलाई शनिबार दिउँसोसम्म रिहा गरिएन भने, युद्धविराम खारेज गरिने चेतावनी दिएका थिए । द्वन्द्वका दुबै पक्षले बन्दीहरूको नयाँ समूहको आदानप्रदान पूरा गरेपछि, गाजाका धेरै बासिन्दाहरू युद्धविराम सम्झौता कार्यान्वयनमा जारी रहेकोमा खुसी छन् ।-सीसीटीभी प्लस

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार