सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुर क्षेत्र नं. ३ की संघीय सांसद डा. तोसिमा कार्कीले स्यानिटरी प्याडको आयातमा भन्दा कच्चा पदार्थको आयातमा बढी कर लगाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद डा.कार्कीले नेपालमा थुप्रै मुलुकहरुबाट स्यानिटरी प्याड आयात हुने गरेको बताइन् । 'मैले पाएको तथ्यांङक अनुसार नेपालमा बर्सौनी ३ करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छन तर स्वदेशी क्षमता ९० करोड थान छ । अर्थात् क्षमताको एक तिहाई मात्र उत्पादन भैरहेको छ', उनले भनिन्, 'बनेको स्यानिटरी प्याडको आयातमा भन्दा कच्चा पदार्थको आयातमा बढी कर लगाइएको छ ।' उनले भनिन्, आयातित प्याडमा दिइएको भन्सार छुट पनि लक्षित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ । यसको नियमन नहुनुनै छुट निस्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ ।' उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिदै गरेको भन्सार शुल्क घटाउनु पर्नेमा जोड दिँदै भनिन्, 'भन्सार शुल्क घटाउँदा नेपाली उत्पादित प्याडहरु सुलभ, सुप्त र गुणस्तरीय हुन्छन । विदेशी उत्पादनसंग प्रतिस्पर्ध गर्न सक्छन ।' सम्बोधनका क्रममा उनले सातवटै प्रदेशका सरकारी विद्यालयहरुमा वितरण भइरहेका नि ः शुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनिगमन र नियमन आवश्यक रहेको भन्दै सरकारलाई त्यतातर्फ कदम चाल्न सुझाव दिएकी छन् ।