सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न नवौं बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिएको हो । समितिका सदस्य विनोद कुँवरका अनुसार बैठकले सदस्यता दर्ता गर्नको लागि मिति थप गर्ने निर्णय गरेको छ । अब सदस्यता दर्ता ३१ मार्च २०२५ सम्म गर्न सकिने उनको भनाइ छ । यसका साथै बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ भने सदस्यता दर्ता गर्दा आईसीसीद्वारा लिइने शुल्क महाधिवेशनमा नलिने निर्णय गरेको कुँवरले बताए । राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले आफ्ना देशका नियमानुसार शुल्क तोक्न सक्ने निर्णय गरिएको छ। यस्तै बैठकले राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यदि कुनै एनसीसीको समितिले उक्त मितिभित्र निर्वाचन सम्पन्न गर्न नसक्ने भए एनसीसीले उपसमिति मार्फत उच्चस्तरीय समितिसँग सहमति गरेर महाधिवेशनका लागि नयाँ मिति निर्धारण गर्न सक्ने निर्णय गरिएको कुँवरको भनाइ छ । यस्तै महाधिवेशनको तयारीको सिलसिलामा बैठकले प्रमुख अतिथि र अन्य अतिथिहरूलाई निमन्त्रणा गर्न सुरु गर्ने निर्णय गरेको छ भने मुल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय पनि गरिएको छ । यस्तै समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइट मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइट मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ । एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिनेछ । एनसीसी नभएको देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ । नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३–५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन् । महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ । इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्नेछ । एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरे । उनले भने, ‘नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णयअनुसार हामीले सदस्यता खुला गरेका छौं । यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समिति चुन्ने ऐतिहासिक अवसर पाउनेछन । त्यसैले, गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न सबैलाई सदस्यता लिन अपिल गर्दछु ।’ ‘आगामी मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक सुशासन सुनिश्चित गर्नेछ । नयाँ विधान तथा नेतृत्व निर्माण गर्न हामी सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक छ,’ उनले भने । सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ । समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ ।