सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् ।