केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

मंगलबार, फागुन ६, २०८१
मयुर प्लाई

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका छन् । भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।  लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन । यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो । होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो । थप अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार