नेपाली विद्यार्थीले न्याय नपाएसम्म कुटनीतिक पहल गरिरहन सरकारलाई सांसद खनालको सुझाव

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य सांसद शिशिर खनाले भारतको भुवनेश्वरमा नेपाली विद्यार्थीमाथि भएको घटनामा चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारमा नेपालको सरकारले कूटनैतिक च्यानल मार्फत न्याय नमिलेसम्म लागिरहन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमो शुन्य समयमा बोल्दै सांसद खनालले भने, 'नेपाली विद्यार्थी प्रकृति लम्सालको प्ष्ष्त युनिभर्सिटीमा भएको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यहाँका विद्यार्थीहरू माथि भएको  दुर्व्यवहारमा नेपालको सरकारले कूटनैतिक च्यानल मार्फत न्याय नमिलेसम्म लागिरहन आग्रह पनि गर्दछु ।' 
शुन्य समयमा सम्बोधनका क्रममा उनले थप भनेका छन्, 'नेपालका विश्वविद्यालयहरू दलीयकरणको जालोबाट मुक्त गरेर आफ्नो निजी र दलको स्वार्थभन्दा माथि उठेर हाम्रो आफ्नै विश्वविद्यालयहरू लाई बलियो बनाउनु पर्दो रहेछ भन्ने सदबुद्धि  नेतृत्व र सरकारलाई मिलोस् भन्ने कामना गर्दछु ।'

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको भुवनेश्वरकी छात्रा प्रकृति लम्सालको दुःखद निधनबाट आफू मर्माहित भएको उल्लेख गर्दै यो कठिन समयमा उनको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए । 
यस्तो छ उनले लेखेको स्टाटस, 
'म Kiit भुवनेश्वरकी छात्रा प्रकृति लम्सालको दुःखद निधनबाट मर्माहित छु । यो कठिन समयमा उहाँको परिवारजनप्रति मेरो गहिरो समवेदना छ । विश्वविद्यालयका अधिकारीहरू र कर्मचारीहरूबाट विद्यार्थीहरूप्रति देखाइएको व्यवहार—विशेष गरी शारीरिक र मौखिक दुर्व्यवहार सम्बन्धी आएका रिपोर्टहरू, तस्वीरहरू, र भिडियोहरू अत्यन्त चिन्ताजनक छन् । म नेपाल सरकारलाई नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि तुरुन्त आवश्यक कदम चाल्न र भारत सरकारसँग समन्वय गरी दोषीहरूलाई जवाफदेही बनाउन आग्रह गर्दछु । आज संसदमा यस महत्त्वपूर्ण र अत्यावश्यक विषय उठान गर्न रोक लगाइनु दुःखद छ।'samsad-1739921556.PNG
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार