सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनिकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए । उनले भने, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरणप्रति दृढ प्रतिबद्धता रहेको कुरा यहाँ राख्न चाहान्छु । नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरु मार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको छ । हामी अन्य साझेदारहरुको प्राविधिक ज्ञान, वित्तिय सहयोग तथा क्षमता विकासका कार्यमा सहयोग पु¥याउनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’ यसको साथै, उनले आजको यो संवाद सहकार्यलाई अझ बलियो बनाउने भन्दै असल अभ्यासहरुमा र सामूहिक रुपमा चुनौतीहरुको समाधान खोज्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । वातावरण संरक्षण नियमावली र नयाँ रणनीतिको अन्तिम चरणमा काम भइरहेको पनि उनले जानकारी गराएका छन् ।