केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली 

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन् । गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए । उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजराइल शाखाले जनाएको छ । हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार