महिला सशक्तिकरण कांग्रेसको महत्वपूर्ण एजेन्डा : नेता निधि

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

जनकपुर ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेश प्रदेशमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस महिला विभागद्वारा जनकपुरधामस्थित कांग्रेस कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला नेतृत्वको समृद्धिको लागि कांग्रेसको प्रतिबद्धता र कसरतको महत्त्वमा जोड दिएका हुन् ।  नेपाली कांग्रेस महिला विभागकी प्रमुख पुष्पा भुसालको नेतृत्वमा कांग्रेसी महिलाहरुको सशक्तिकरण, राजनीतिक सहभागिता र निर्णय निर्माण प्रक्रियामा समावेशीकरणका बारेमा गहन छलफल गरिएको थियो ।  नेता निधिले महिलाहरुको सशक्तिकरणलाई पार्टीका लागि एक महत्वपूर्ण एजेन्डा भएको बताउँदै समाजको सबै क्षेत्रका महिलाहरुको उचित प्रतिनिधित्वको आवश्यकता व्यक्त गरे । ‘महिला नेतृहरूको सशक्तिकरण र उनीहरूको भूमिका सुनिश्चित गर्ने प्रक्रिया नेपाली कांग्रेसको प्राथमिकतामा पर्छ,’ निधिले भने, ‘हाम्रो उद्देश्य हो महिला नेतृहरुलाई नेतृत्वको उच्च स्थानमा पुर्याउनु र उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्नु हो । यसले पार्टीको समृद्धि र समाजको सुधारमा टेवा पुर्याउँछ ।’ निधिले मधेश प्रदेशका महिला नेतृहरूको योगदानको उच्च मूल्यांकन गर्दै, ‘मधेशमा महिला नेतृहरूले पार्टीको नीति र कार्यक्रमको प्रचार प्रसारमा ठूलो भूमिका खेलेका छन्,’ भने । उनले थपे, ‘हामीलाई गर्व छ कि हाम्रो पार्टीमा महिला नेतृहरू क्रियाशील छन् । र, आफ्नो स्थान पक्का बनाउन सक्षम छन् ।’ नेता निधिले महिला नेतृहरूको सक्रियता र योगदानको कदर गर्दै पार्टीको समृद्धिका लागि सशक्त कदम चाल्ने कुरामा विश्वास व्यक्त गरे । उनले आगामी चुनावमा कांग्रेसी महिलाहरुको नेतृत्व अझ प्रगति गर्ने र महिलाहरुको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउने कुरामा विश्वास व्यक्त गरे ।

477015705_602968179176211_7507195894004951330_n-1739931585.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार