आइपुग्यो टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट्यांकी 

शनिबार, असार १२, २०७८
मयुर प्लाई
Global Ime Bank

दाङ । यहाँस्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी तथा आवश्य उपकरण आइपुगेको छ  । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित  भन्सार कार्यालयमा ती सामग्री ल्याइएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्यांकी तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिए। उनका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ । विमान स्थलमा इन्धन  डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या छ । तुल्सीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा  लामोसमयदेखि अबरुद्ध भएको हवाई  सेवा सञ्चालन आएको छ ।  साथै विमान स्थलमा यात्रुको सुविधाका लागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् । सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै  आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणक लागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।–रासस

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार