उडिसाबाट नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घट्नाबारे विस्तृत जानकारी 

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाबारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित छन् ।  विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरुले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको छ । 
सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटना बारे विस्तृत जानकारी दिँदै घटनापश्चात गल्स होस्टेलका सबै केटीहरुाई ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको बताएका छन् ।  उनले भने, ‘त्यसपछि गल्स होस्टेलमा सबै केटीहरुलाई बाँधेर राखेको छ भन्ने कुरा आयो किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउँछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो । हामीले पछि नारा लगाउन थालेपछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ् जस्तो भयो । त्यो समयमा प्रकृती लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको छ । कोठाको सामानहरु सबै मिलाउने काम भएको रहेछ ।’
यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रीवास्तव एमेलेको छोरा भएको कारण कलेज प्रशासनले बचाउने प्रयास गरेको पनि बताए ।  उनले भने, ‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रीवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं । आड्भिक श्रीवास्तव एमेलेको छोरा हो, मुख्य कुरा नै यही हो । त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढी प्रशासनमा गएर उजुरी गरेको थियो । यसमा केही याक्सन भएको थिएन् । हामीले त्यो केटाको खोजी गर्दा उनीहरु पक्राउ परिसकेका छन् भन्ने कुरा आयो ।’  यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरुको छेड्खानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए ।  यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट गरेको भन्दै के हामी आतंकवादीहरु थियौं भन्दै प्रश्न गरेका छन् । 
उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । त्यसको भोलिपल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जति पनि नेपाली विद्यार्थीहरु छन् उनीहरुलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भनियो । ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट भइरहेको छ । बसमा राखेर पनि कुटि रहेको छ के हामी आतंकवादीहरु थियौं ।’ जथाभावी रुपमा विद्यार्थीहरुलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरुको भनाई छ । Phot-(2)-1739977995.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार