प्रदेश खबरबाट विभिन्न क्षेत्रका १२ जना सम्मानीत

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

इटहरी । प्रदेश खबरले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका १२ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् । यस्तै, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् । यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मान प्रदान गरे । यससँगै १३ जनालाई अवार्ड पनि प्रदान गरिने प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार