नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो : प्रधानन्यायाधीश राउत

बुधबार, फागुन ७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोंच्च अदालत अभिलेख अदालत भएको बताएका छन् ।बुधवार नेपाल कानून पत्रिकाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अभिलेखले कानूनी साहित्य र इतिहासलाई उजागर गर्ने बताएका हुन् ।  उनले  भने,‘नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो । अभिलेख भन्ने बितिक्कै के कुरा बुझिन्छ ? अभिलेख नहुदा के हुन्छ ? प्रश्न यहाँनेर छ । सायद आज विमोचन गर्दै गर्दा भोलिको चम्किलो र उज्यालो भविश्यको लागि यो कुराले कतै न कतै हामीलाई संवेदनशिल बनायो भने यो विमोचनको अर्थ रहन्छ । मेरो बुझाइमा अभिलेख भनेको निश्चित समयको मुलुकको कालखण्डको सभ्यता देखाउछ । कानूनी साहित्य र इतिहासलाई उजागर गर्दछ । देशको संस्कृति कस्तो छ ? आत्मासम्मान र स्वाभिमानको प्रसंगलाई नियालेर हेर्यो भने ति अभिलेखबाट मात्र भेटिन्छ अन्तबाट भेटिदैन ।’  उनले अभिलेख देशको योगदान र मौलिकतासँग  जोडिएको पनि बताएका छन् ।  उनले भने,‘अभिलेख बुद्धको पालामा पनि थिएन देखिदैन । ती किवंदन्तीको रुपमा सुर्तिको रुपमा किताबभन्दा पनि शक्तिशाली भएर बसेको छ । ठुलो जनमतलाई प्रभावित गरेको छ । लिपिबद्ध गर्ने कुरा मुलुकको आत्मासम्मानसँग, गौरवसँग, योगदानसँग र मौलिकतासँग जोडिएको छ ।’ यस्तै, उक्त कार्यक्रममा बोल्दै इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले इतिहास पढ्नु संस्कृती बुझ्नु राज्यको र समाजको विजयता भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार