सोसल मिडिया
Contact Us
युनिकोड
दाङको तुलसीपुर उपमहानगरपालिका– ६ स्थित ज्ञानज्योति फाउन्डेसनका भारतका कलिंगा इन्स्टिच्युट अफ इन्डिस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै सडकमा उत्रिएका छन् । बिहीबार प्लस टु र ब्याचलरका विद्यार्थीले सडकमा र्याली गर्नुका साथै कोणसभा गरेका थिए । त्यस अवसरमा विद्यार्थी बबिता भण्डारीले लाखौँ खर्च गरेर पढ्न बाहिरी देश जानुपर्ने अवस्था रहको र त्यहाँ पनि सुरक्षित हुन नसकेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरिन् । साथै उनले न्याय नपाउँदासम्म यो आन्दोलन जारी राख्नुपर्ने बताइन् । कार्यक्रममा प्रमुख वक्ता नागरिक समाज दाङका पूर्वअध्यक्ष टीकाराम रेग्मीले यो आन्दोलन देशवयापी हुनुपर्ने बताए । विद्यालयका सहायक प्रिन्सिपल मनोज केसी र शैक्षिक संयोजक शरद गौतमले यो आन्दोलनलाई देशव्यापी रूपमा अगाडि बढाउनका लागि सन्देश दिन दबाबमूलक कार्यक्रम गरिएको बताए । विद्यार्थीहरूले निकालेको र्यालीले बजार परिक्रमा गरेको थियो । लम्सालको पार्थिक शरीर बुधबार राति ओडिसाबाट भैरहवा ल्याइएको थियो । उनको अन्त्येष्टि पनि गरिएको छ । वि.सं. २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । केआइआइटी छात्रावासमा झुन्डिएको अवस्था उनको शव फेला परेको थियो ।