भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बिहीबार, फागुन ८, २०८१
मयुर प्लाई
Global Ime Bank

बैतडीको डिलासैनी गाउँपालिका– ३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको लडेर मृत्यु भएको छ।  बुधबार साँझ शैल्यशिखर नगरपालिका– १ बारिलस्थित घरबाट चौकीमा फर्किने वेलामा भिरालो बाटोमा चिप्लिएर लड्दा उनको मृत्यु भएको स्थानीय लालबहादुर विकले बताए। ‘छोटो बाटो जाँदा गिट्टीमा चिप्लेर लडेछन्। अलि लामो गएको भए सजिलो पिसिसी बाटो थियो,’ विकले भने। मृतक खडायतको गाउँ बारिल जान सडक छैन। सडकबाट २० मिनेट भिरको बाटो जाँदा छोटो पर्ने भएकाले घर जान प्रायः त्यही बाटो प्रयोग गर्ने गरेको स्थानीयले बताए । बुधबार ५ बजे परिवारसँगै बसेर खाना खाने भनेर चौकीबाट घर हिँडेका खडायत साँझ सात बजे चिप्लेर लडेको खबर आएको सिमार चौकी इन्चार्ज भक्तबहादुर धामीले बताए। उनको शव २० किलोमिटर टाढा रहेको गोकुलेश्वर अस्पताल ल्याइएको र आफन्त आएपछि पोस्टमार्टम गरिने धामीले जानकारी दिए। मृतक खडायतले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ड्युटी गरेका थिए। राति पनि ड्युटी पर्ने भएकाले खडायत घरमा नबसी चौकी आउने हतारमा छिटोछिटो घरबाट हिँडेको आफन्तले बताएका छन्। मृतक खडायतका घरमा दुई छोरा, एक छोरी र श्रीमती छन्।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार