सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ९ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।