सिरहाको गोलबजारमा विद्यार्थीको प्रदर्शन

शुक्रबार, फागुन ९, २०८१
मयुर प्लाई
Global Ime Bank

सिरहा ।  सिरहामा दुई अलग—अलग घटनामा मारिएका रिंकु कुमारी सदा र प्रकृति लम्सालको न्याय माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघ सिरहाका युवाहरूले शुक्रबार बिहान गोलबजारमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर गोलबजार बजार परिक्रमा गरेपछि गोलपार्क नजिक कोणसभा गरेका थिए । उनीहरूले घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु कुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ । घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन् । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टलको कोठामा मृत फेला परेकी थिइन् । सुसाइड नोटमा उनले ब्रेकअपपछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख छ । लम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
दर्शनकारीहरूले दुवै घटनामा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार