सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ : माधव नेपाल

शुक्रबार, फागुन ९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको सरकार शासन चलाउँदै र बहुदलीय लोकतन्त्रको मान्यतालाई चूनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको बताएका हुन् । उनले भने, ‘हामी सबैको ध्यान विश्व परिवेशमा रहेको छ । अहिले अत्यन्तै जटिल भू–राजनीतिक अवस्था छ । विश्वको  कुन क्षेत्रमा के  घटना घट्ने हो भन्न सकिने  अवस्था छैन । सारा विश्व नै  अहिले  तंरङ्गित छ ।  हाम्रो  देशको  सरकार शासन चलाइरहेको छ । बहुदलीय लोकतन्त्रको मान्यतालाई चूनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ । दुई दलीय शासन अर्थात दलीय तानाशाही राजनीति गर्ने सोच भन्दा अरु केही छैन ।’ साथै उनले नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह ग¥यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको समेत बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे । नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार