सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेका सदस्यहरु नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका हुन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँचजना सदस्य नियुक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. आनन्द शर्मा र प्रा.डा. पलेस्वाँ जोशी लाखे नियुक्त भएका छन् ।
यसैगरी डिन मध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईंलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ । निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो । विगतमा सदस्यहरु मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था रहेको थियो । तर नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौं संशोधनले पूर्णकालीन काम गर्ने पदाधिकारी बाहेकको नियुक्त सम्बन्धित मन्त्री गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार मन्त्री पौडेलले काउन्सिलमा सदस्यहरु नियुक्त गरेका हुन् ।