सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । रास्वपाको केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए । उपसभापति स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति वाग्लेले बताए ।