नीलगाईले बालीमा क्षति पुर्‍याउँदा रौतहटका किसान चिन्तित

शनिबार, फागुन १०, २०८१
मयुर प्लाई
Global Ime Bank

रौतहट । रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा काँसघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पु¥याउँदा कृषक चिन्तित बनेका हुन् । प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षति गर्ने गरेको किसान रामजी कलवारले बताए । उनका अनुसार कहिले काहीँ नीलगाई दिउँसो समेत खेत बालिमा देखा पर्छ । प्रत्येक बर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भए पनि अहिलेसम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ  । 
आफूले विभिन्न निकायमा खबर गरेपनि यसको सुनुवाइ नभएको उनले बताए । अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफूले करिब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुखेसो छ ।  लालबकैया र बाग्माती नदिको किनारमा यहाँका किसानको खेत छ । तर, वन्यजन्तुका कारण अपेक्षा अनुसार उब्जाउ हुन नसकेको किसानको गुनासो छ । यहाँ नीलगाई, बदेल र जङ्गली हात्तीले कृषि बालीमा क्षति गर्दै आएको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । यस विषयमा वन कार्यलयले गम्भीर रूपमा लिएको उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार