सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पार्टीको नीति कार्यक्रम विदेशीको इसारामा बन्ने गरेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महासेठले नेकपा एमाले पार्टीको नीति कार्यक्रम जनताको चाहना अनुसार बन्ने गरेको बताएका हुन् । उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव कुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाए । नेकपा एमाले आज जुन ठाउँमा छ त्यो यही जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरुको कारणले रहेको जिकिर गरे । उनले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरुको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गरे । त्यस्तै नेता महासेठले पार्टीले गरेका कामहरुबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो गरेका छन् । एमालेले गरेका विकासका कार्यहरुबारे जनता अनभिज्ञ रहेको उनले धारणा व्यक्त गरे । उनले जनतालाई अहिले पनि विकास निर्माणका कामहरु अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताए । नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिए । उनले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरुबारे सामाजिक सञ्जाल लगायतमा प्रचार प्रसार गर्न निर्देशनसमते दिए । नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई सासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिए । उनले ८४ लाई मध्ये नजर गर्दै पार्टीलाई मजबुत बनाउने तर्फ सबैलाई ध्यानदिन आग्रह गरे । नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिए ।