नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो

आइतबार, फागुन ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं। ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए। आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ । आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् । पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए । आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार