पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई

आइतबार, फागुन ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानुन र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा उनले पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा भइरहेका गतिविधिबारे आपत्ति जनाए । ताप्लेजुङका सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताए । ‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमै काम अगाडि बढाएको हो’, उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ ।’ nउनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार