कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, फागुन १२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौ । कुमारी बैंकले आफनो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार